२०८३ साउन ८ शुक्रबार

होण्डाले आफ्ना ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै

ई आर्थिक    सोमबार, साउन ४ २०८३
570
Shares
होण्डाले आफ्ना ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै

काठमाडौं । होण्डा कारको बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि.ले होन्डाका पुराना मोडेलको एयर ब्यागमा देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न ‘निःशुल्क सेफ्टी रिकल अभियान’ सञ्चालन गरिरहेको छ ।

अभियानबाट निर्माण वर्ष सन् २००१ देखि २०१४ सम्मका होण्डा कारका विभिन्न मोडेलहरू प्रभावित भएका छन् । जसमा सिटी, सिभिक, सि.आर–भि, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड कारहरू पर्दछन् । ग्राहकले आफ्नो गाडी यस रिकल अभियानमा पर्छ वा पर्दैन भनेर होन्डाको आधिकारिक वेबसाइटमा गएर आफैँ पनि जाँच गर्न सक्नेछन् ।

यस अभियानअन्तर्गत प्रभावित गाडीहरूको एयरब्याग जाँच र आवश्यक मर्मत वा इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा निःशुल्क गरिनेछ । यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।

सम्भावित जोखिमबाट बच्न र सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि ग्राहकलाई आफ्नो नजिकको  होण्डाका आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी गाडीको एयरब्याग जाँच गराउन कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij