ई–आर्थिक, काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले शुक्रबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ कायम भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
निगमका अनुसार ग्याँस र हवाई इन्धनको मूल्यलाई भने यथावत राखेको छ । निगमले १० दिनभित्र दुई पटक मूल्य बृद्धि गरेको छ । यसअघि १० दिन अघि पेट्रोल लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको थियो ।
असार १६ गते मूल्य बढाएको निगमले १० दिनपछि पुनः इन्धनको मूल्य बढाएको हो ।