२०८३ साउन ९ शनिबार

विहीबारदेखि आइतबारसम्म लगातार भारी वर्षा हुने, ‘क्षतिबाट बच्न सतर्क रहौं’

ई आर्थिक    बिहिबार, असार २५ २०७७
7.8K
Shares
विहीबारदेखि आइतबारसम्म लगातार भारी वर्षा हुने, ‘क्षतिबाट बच्न सतर्क रहौं’

ई–आर्थिक, काठमाडौं । विहीबारदेखि आउने आइतबारसम्म लगातार चार दिनसम्म भारी बर्षा हुने भएको छ । मुलुकका प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा वर्षकै सबैभन्दा धेरै पानी पर्न अनुमानसँगै सरकारले संभावित क्षतिबाट बच्न सतर्क रहन भनेको छ ।
पहाडी क्षेत्रका साना खोलानाला, खहरे र नदीमा बाढी आउन सक्ने सम्भावना रहेको मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

‘प्रदेश १ र २ का चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरूमा ठूलो बाढी आउन सक्ने भएकाले यस क्षेत्रका बासिन्दालाई सतर्क रहन विशेष आग्रह गर्दछौं ।’ प्राधिकरणले प्रेस नोट जारी गर्दै भनेको छ– ‘झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट चितवन लगायतका जिल्लाका होचो ठाउँमा डुबानमा पर्न सक्ने भएकाले सचेत रहौं ।’

संघीय मन्त्रालय, प्रादेशिक सरकार, स्थानीय सरकार, राजनीतिक दल, विकास साझेदारहरू, सरकारी एवम् गैरसरकारी तथा निजी क्षेत्र र विपत् व्यवस्थापनमा खटिने निकाय र सर्वसाधारणलाई उच्च सर्तक रहन प्राधिकरणले अपिल पनि गरेको छ ।

ठूला नदीनालामा आउने बाढीबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नं. ११५५ र आपतकालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन केन्द्रको टोल फ्री नं. ११४९ मा सम्पर्क गर्न प्राधिकरणले सर्बसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij