ई–आर्थिक, काठमाडौं । सत्तारुढ दल नेकपाका बरिष्ठ नेता माधबकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफूलाई पक्राउ गर्ने योजना बनाइरहेको भन्ने हल्लाको खण्डन गरेका छन् । केही दिनअघिदेखि माधब नेपालले प्रधानमन्त्री ओलीले आफूलाई पक्राउ गर्ने योजना बनाएको गुनासो गरिरहेको भन्दै केही मिडियाहरुमा समाचार प्रकाशित गरेका थिए । त्यस्तो समाचारले आम कार्यकर्ताहरुको ध्यान आकर्षण हुन थालेपछि नेता नेपालले उक्त हल्लामा कुनै तुक नभएको बताएका हुन । उनले यो हल्लाको पछि नलाग्न कार्यकर्ताहरुलाई आग्रह गर्दै यो सबै धमिलो पानीमा माछा मार्ने चालबाजी भएको बताएका छन् ।
यस्तो हल्ला पार्टीभित्रैको एउटा समूहले चलाएको हुन सक्ने पनि उनको आशंका छ । पार्टीभित्र यस्तो कुप्रचार गर्ने तत्व पहिल्यैदेखि सक्रिय रहेको र यो नेता–नेताबिच फाटो ल्याएर त्यसबाट लाभ उठाउने मनसायले गरिएको उनको भनाई छ । ‘सामान्य अबस्थामा समेत यस्ता तत्व सक्रिय हुन्थे ।’ उनी भन्छन् ‘अहिले त पार्टीभित्र अन्तरसंघर्ष चर्किएको छ । यो बेला बकबास कुराहरु बाहिर ल्याउन त त्यस्ता तत्वहरुलाई अनुकुल अबसर नै भइगयो ।’
यस्तो हल्लाका बारेमा सन्चार माध्यमहरुले समेत चासो राख्न थालेको उनको भनाई छ । केही मिडिया, पार्टी नेताहरु, कार्यकर्ता र शुभचिन्तकहरु समेतले यसबारेमा चासो राख्न थालेको, तर आफू यस्ता हावादारी कुरातिर नलागेको नेता नेपालको भनाई छ । तपाईले मोबाईलमै देखाइरहनु भएको छ अरे त ।
कुरै नगरी कसरी यो हल्ला चल्यो भन्ने प्रश्नमा उनी भन्छन् ‘कसैले समाचार बनायो, अनि मोबाईलमा राखेर दुस्प्रचार ग¥यो । अहिले सूचना प्रबिधिको जमानामा प्रकाशित समाचार सबैका मोबाईलमा पठाउन के गाहे छ र ?’ उनले पार्टीका केही जिम्मेवार नेतासँग गफका क्रममा यस्तोसम्म कुप्रचार गर्दैछन्, केही तत्वहरु भन्दै कुनै बेला देखाएको हुन सक्ने कुरा चाहि स्वीकार गरे । ‘पठाइएका सामग्री, कुनै सन्दर्भमा देखाउन सकिन्छ । तर त्यो नेता ओलीलाई खुइल्याउने गरेर वा त्यसबाट त्रसित भएर होइन ।’ उन्ले भने । यद्यपि त्यस्ता कुरा जिम्मेवार नेताहरुले नै कुनै षडयन्त्रपूर्बक बाहिर प्रचार गरेको हुन सक्ने उनको आकलन छ । ‘को जिम्मेवार नेता ?’ भनेर चाहि उनले खुलाएनन् ।
हल्लाजस्तै तपाईमाथि कुनै तालुकदार निकायले केही बिषयमा अनुसन्धान गर्न सुरु ग¥यो भने नि भन्ने प्रश्नमा उनी भन्छन ‘जे उद्देश्यले कार्यालयहरु खोलिएका छन्, तिनले आफ्नो दायित्व निर्बाह गर्नैपर्छ । तपाईले भ्रष्टाचारको कुरा गर्नु भएको हो भने मलाई मात्र किन ? आवश्यकता परेमा जोसुकैमाथि पनि कानुनमा रहेर अनुसन्धान हुन सक्छ । बहालवाला, भूपू सबैमाथि गर्नुपर्ने आवश्यकता भएमा गर्नैपर्छ ।
एकछिन मानिलिनुहोस यो सरकारले वा ओलीले माधब नेपालमाथि अनुसन्धान गरे भने त्यसको म्यासेज के जान्छ ? म भ्रटाचारी हुने अनि ओली वा अर्को सदाचारी हुने ? (बेस्सरी हाँस्दै) ।’
अहिले पार्टीभित्र चलिरहेको अन्तर संघर्ष स्वभाबिक भएको उनको भनाई छ । ‘एउटा जीबन्त कम्युनिष्ट पार्टीभित्र मतमतान्तर, अन्तर संघर्ष हुने कुरा सामान्य हो ।’ उनी भन्छन् ‘यो आन्दोलनको बिकास र थप बलियो एकताको लागि हो । अन्तर संघर्षले नै कम्युनिष्ट पार्टीको निरन्तर सुद्धीकरण हुन्छ ।’
अहिले पार्टीभित्र चलेको अन्तर संघर्षले पार्टी फुट्ने नभई थप बलियो हुने उनको दाबी छ । कम्युनिष्ट पार्टी नबुझ्नेहरु, खास गरेर नयाँ जेनेरेशनहरुमा बादबिबाद, छलफल, अन्तरबिरोधले ठूलो हानी नोक्सानी पुगाउँछ भन्ने बुझाई रहेको बताउँदै उनी भन्छन् ‘बाद बिबादले हानी नोक्सानी मात्र होइन, नयाँ सिर्जना पनि गर्छ, बिगतका मनोमालिन्य हटाउँछ र आफ्ना कमजोरीमाथि पुनर्बिचार गरेर अघि बढ्न सहयोग पनि गर्छ ।’
अहिले पार्टीभित्रको बिबाद पार्टी बिधि, पद्धति र बिधानले चलाउने कि ब्यक्तिगत लहडले भन्ने रहेको उनले बताए । यसले पार्टी कस्तो बनाउने भन्ने कुराको निर्धारण हुने उनको दाबी छ । पार्टी सत्तामा गएपछि बिग्रने गरेको देशी बिदेशी अनुभब रहेको बताउँदै नेता नेपालले अहिले नेकपाको दिशा त्यस्तै हुन लागेपछि त्यसलाई करेक्सन गरौं भनेर कुरा मात्र उठाएको बताए ।
नेकपाभित्र बिगतदेखि नै यस्ता बिबाद हुने गरेको र त्यसलाई एउटा प्रक्रिया र पद्धतिमा लगेर टुंगो लगाउने गरिएको पनि स्मरण गराए । ‘नेकपामा बिबाद र अन्तरबिरोध मात्र छैन, त्यसलाई हल गर्ने बिधि, पद्धति पनि छ । त्यसैले कोही डराउनु पर्ने र कोही उत्साहित हुनुपर्ने कारण छैन ।’ उनी भन्छन् । पार्टी अध्यक्ष ओलीमा पछिल्लो समय देखिएको अहंकार र दम्भले सरकार र पार्टी दुबैलाई ठूलो क्षति पुगेको उनको भनाई छ ।