२०८३ साउन ९ शनिबार

भक्तपुरमा इनारबाट ग्यास निस्कियो, पूजा गर्न सलाई कोर्दा महिलाको अनुहार जल्यो

ई आर्थिक    मंगलबार, असार २३ २०७७
10.8K
Shares
भक्तपुरमा इनारबाट ग्यास निस्कियो, पूजा गर्न सलाई कोर्दा महिलाको अनुहार जल्यो

भक्तपुर, असार २३ गते । चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा आज बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते हुनुभएको छ ।

भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाई कोर्नासाथ इनारबाट निस्केको ग्याससहितको आगोको लप्काले उहाँको अनुहारसहित केही भाग जलेको हो । उहाँको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उदयपुर स्थायी घर भएकी उहाँले केही समयअघि मात्र त्यहाँ घर खरिद गरी कम्पाउण्डमा इनार खन्नुभएको थियो । इनारमा अहिले पनि ग्यासको प्रवाह निरन्तर भइरहेको छ । सलाई कोर्नासाथ ठूलो आवाजसहित इनारको ढकनी नै उछिट्याएर ग्याससहित आगो लप्का निस्किएको थियो । सो वडाका अध्यक्ष शिवहरि केसी र प्रहरी टोलीले घटनास्थल पुगेर घटनाका बारेमा जानकारी लिएका थिए ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij