२०८३ साउन ११ सोमबार

महेश बस्नेतको घरमा नेकपा एमाले गठनको गृहकार्य सम्पन्न भएको खुलासा

ई आर्थिक    बिहिबार, असार १८ २०७७
57.9K
Shares
महेश बस्नेतको घरमा नेकपा एमाले गठनको गृहकार्य सम्पन्न भएको खुलासा

ई–आर्थिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा साँसद महेश बस्नेतको घरमा नेकपा एमाले दर्ताको सम्पूर्ण प्रक्रिया सम्पन्न भएको खुलासा भएको छ ।

बस्नेतले उद्योगमन्त्री भइसकेपछि खरिद गरेको शान्तिनगरस्थित नेपाल लायन्स क्लबसँगै जोडिएको सात आनामा बनेको अस्थायी घरमा उक्त सम्पूर्ण कार्य सम्पन्न भएको खुलेको हो । उक्त जग्गाको अस्थायी घर अहिले नेपाल महिला रेस्लिङ फाउण्डेशन सन्चालित छ । उक्त फाउण्डेशन साँसद बस्नेतको सम्पर्क कार्यालयका रुपमा प्रयोग हुदै आएको छ ।

नेता बस्नेतले नै उक्त कार्यालय त्यहाँ लगेको स्रोतले जानकारी दिएको छ । फाउण्डेशनको अध्यक्षमा दर्ता गर्न लागिएको नेकपा एमालेको प्रस्ताबित उपाध्यक्ष भगवती खड्का रहेकी छिन् ।

फाउण्डेशनको महासचिबमा प्रस्ताबित एमालेकी सचिब अस्मिता सुनार रहेकी छिन् । उनीहरु साँसद बस्नेत तत्कालीन युवा संघ नेपालको अध्यक्ष हुदा बाक्लैरुपमा संघको कार्यालय बागबजारमा देखिने गरेका थिए । खड्कालाई त बस्नेतले युवा संघको खेलकुद बिभागको सदस्यसमेत बनाएका थिए ।

त्यसताकादेखिको उनीहरुसँगको सम्बन्ध निरन्तर रहँदै आएको छ । मन्त्रीबाट अबकास पाएपछि बस्नेतले उक्त ठाउँलाई आफ्नो भेटघाट स्थल बनाएका थिए । खड्का रेसलिङमा युनिका नामले चिनिन्छिन भने सुनार जुरेली नामले चिनिन्छिन् । उनीहरु नेपालकै पहिलो महिला रेस्लर खेलाडी हुन ।

बस्नेतको दाउ

निर्बाचन आयोगमा नेकपा एमाले दर्ताको निबेदन परेपछि अहिले नेकपाभित्र ठूलो भुइचालो गएको छ । प्रचण्ड र बामदेब गौतमले किटेर नै अध्यक्ष केपी शर्मा ओलीलाई षडयन्त्र गरेको आरोप लगाएका छन् ।

राजनीतिक बृतमा ओलीकै योजनामा पार्टी दर्ता हुन लागेको बुझाई छ । दर्ताका लागि निबेदन दिनेहरु ओली, बस्नेत र सूर्यबिनायक नगरपालिकाका मेयर बासुदेब थापाको हातबाट टिको लगाएको तस्बीर सार्बजनिक भएपछि यस्तो आशंका गरिएको हो । सचिब पदमा रहेका अर्का खगेन्द्रप्रसाद भुसाल राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुन्दर भुसालको आफ्नै दाई हुन । भुसाल ओली गु्टका र बस्नेतका नजिकका कार्यकर्ता हुन ।

पार्टी दर्तामा साँसद बस्नेतकै योजना भएकोमा अब दुई मत रहेन । तर यसका पछाडिको कारणहरुका बारेमा बहस हुन थालेको छ । मूलतः साँसद बस्नेत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई कुनै ‘साहसिलो’ काम गरेर देखाउन खोजिरहेका छन् । यसो गरेर उनी ओलीसँग निकट हुने र मन्त्रीको बार्गेनिङ् पावर बढाउने दाउमा छन् ।

बिगतमा मधेशी दलका साँसद सुरेन्द्र यादबलाई जलेश्वरबाट उठाएर ल्याएर यस्तै ‘साहसिलो’ काम गर्न खोजेका थिए । ढंग नपुग्दा उक्त कार्य पहिल्यै सार्बजनिक भयो र बस्नेत र ओलीलाई ‘ब्याकफायर’ भयो । यसबाट सरकार र प्रधानमन्त्री ओलीको ठूलो आलोचना भएको हुँदा बस्नेतसँग ओली निकै रिसाएको स्रोतले जानकारी दियो ।

त्यसयता उन्लाई बालुवाटार प्रबेशमा निकै कढाई गरिएको छ । बस्नेतले बाहिर जति फुर्ती गरेर बोले पनि प्रधानमन्त्री ओलीले महेशको बचपनले आफ्नो बदनाम् भएको बताउने गरेका छन् ।

यसले बस्नेतको बेचैनी निकै बढेको थियो । अहिले नेकपा एमाले दर्ता गराएर नाम होल्ड गराउने र यसैमा आफ्नो बार्गेनिङ् पावर बढाउने बस्नेतको उद्देश्य देखिन्छ । किनभने दल दर्ताका लागि प्रस्ताबित नाम सबै बस्नेतका गोजीका पात्र हुन ।

अध्यक्ष तथा प्रधानमन्त्री ओली र उनको टिमले नेकपा अब धेरै समय सिंगो नहुने अनुमानमा पुगेका छन् । अहिलेको संकट टरे पनि अब लामो समय नेकपा एकढिक्का नहुने र कुनै पनि दिन बिभाजन हुने उनीहरुको प्रष्ट बुझाई छ ।

यस्तो बेला ओली र अधिकाँश पूर्बएमालेहरुले पुरानो लोकप्रिय र जनताका बिच स्थापित नेकपा एमाले नै पार्टी पुनस्र्थापित गर्ने हुदा अहिले नै बस्नेतले नाम ‘होल्ड’ गराएको बिश्वस्त स्रोतले जानकारी दिएको छ । यसो गरेर बस्नेतले आफूलाई नेत्तृत्वदायी पदमा सुरक्षित गर्ने र आफ्नो टिमलाई समेत केन्द्रीय निकायमा पार्टीभित्र लगेर एउटा बलियो शक्ति निर्माण गर्ने साँसद बस्नेतको मूल उद्देश्य रहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij