२०८३ साउन ११ सोमबार

हालको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता, होम क्वारेन्टिनमा बस्ने शर्तमा काठमाडौं आउन पाइने

ई आर्थिक    मंगलबार, असार १६ २०७७
8.8K
Shares
हालको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता, होम क्वारेन्टिनमा बस्ने शर्तमा काठमाडौं आउन पाइने

ई–आर्थिक, काठमाडौं । हाल कायम रहेको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने सरकारले निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर बढ्दै गएपछि तत्कालको लागि लकडाउन थप खुकुलो बनाउन नसकिने निर्णय गर्दै स्वास्थ्य सतर्कता अपनाउन जरुरी रहेकाले यथास्थितिको लकडाउनलाई लम्ब्याइएको हो ।

कोरोना संक्रमण तथा रोकथामको लागि गएको चैत ११ गते देखि गरिएको लकडाउनलाई असार १ गते देखि भने लकडाउनलाई केहि खुकुलो बनाइएको थियो ।

त्यस्तै जेठ २८ गते बसेको मन्त्रिपरिषदको बैठकले निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन गर्ने र बैंक वित्तीय संस्था र सरकारी कार्यलयहरुलाई दुई सिफ्ट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

होम क्वारेन्टिनमा बस्ने शर्तमा काठमाडौं आउन पाइने

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले स्वास्थ्य मन्त्रालयको मापदण्ड पुरा गर्ने प्रतिवद्धता जनाएका व्यक्तिहरुलाई काठमाडौं उपत्यका आउन दिने भएको छ ।

मन्त्रालयको मापदण्ड अनुसार १४ दिन होम क्वारेन्टिनमा बस्नेगरी स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउनेहरुलाई काठमाडौं भित्रिन दिने निर्णय भएको हो ।

यो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुनेछ । यस्तै सीसीएमसीले क्वारेन्टिनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो ।

विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति २ जोरका दरले वितरण गर्ने पनि निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij