ई-आर्थिक, काठमाडौं। नेपालमा शनिबार रसुवाका ९ जना सहित ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।
यस्तै भक्तपुरमा एक जना सहित काठमाडौं उपत्यकामा ५ नयाँ संंक्रमित पुष्टि भएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या १३६ रहेको छ। उनीहरु १८ महिला र ११८ जना पुरुष रहेका छन्। योसँगै हालसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या दुई हजार ८३४ पुगेको छ।