२०८३ साउन ९ शनिबार

वडा अध्यक्ष नै गाँजाका कारोबारी, घरमा राखेको ८० केजी गाँजासहित पक्राउ

ई आर्थिक    शुक्रबार, असार १२ २०७७
5.7K
Shares
वडा अध्यक्ष नै गाँजाका कारोबारी, घरमा राखेको ८० केजी गाँजासहित पक्राउ

ई–आर्थिक, बागलुङ : बागलुङको निसीखोला गाउँपालिका वडा नं ६ का अध्यक्ष अध्यक्ष नै गाँजा कारोबारी भएको पुष्टि भएको छ । घरमा राखेको करिब ८० केजी गाँजासहित वडा अध्यक्ष अध्यक्ष सूर्यबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेसँगै सो पुष्टि भएको हो । उनलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङले शुक्रबार बिहान पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वको टोलीले उनलाई पक्राउ गरिएको थियो ।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने क्रममा घर्तीको नाम आएको थियो । त्यसपछि घर्तीको घरमा गरिएको खानतलासीबाट सो गाँजा धुलो पारिएको अवस्थामा भेटिएको हो ।

उनले भने लागूपदार्थ बनाएर बेच्न नभइ घरबारीमा उम्रेको गाँजा मल बनाएर बोरामा हालेको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij