ई–आर्थिक, विराटनगर : वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर वेल्डरको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–६ स्थित स्टन कोल्ड स्टोरमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर सन्तोष महतोको मृत्यु भएको हो । २५ वर्षीय महतो मोरङको बूढीगंगा गाउँपालिका–५ का स्थानीय हुन् ।
करेन्ट लागेर बेहोस भएका महतोको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
वेल्डिङ्ग गर्दा करेन्ट लागेर मृत्यु भएको यो नयाँ घटना होइन् । यसअघि पनि करेन्ट लागेर मृत्यु भएका घटना धेरै छन् । असावधानी र सुरक्षण विधि नअपनाउँदा वेल्डिङ्ग गर्ने क्रममा मृत्यु भएको अध्ययनले देखाएको छ ।