२०८३ साउन ९ शनिबार

तातोपानीबाट सवा आठ अर्बको आयात

ई आर्थिक    सोमबार, असार ८ २०७७
8K
Shares
तातोपानीबाट सवा आठ अर्बको आयात

ध्रुव दङ्गाल, सिन्धुपाल्चोक : पूर्ववत अवस्थामा फर्किन प्रयासरत उत्तरको प्रमुख तातोपानी नाका भएर चालु वर्षको बितेका ११ महिनामा चीनबाट झण्डै सवा आठ अर्व रुपैयाँ मूल्यका सामग्री नेपाल आयात भएका छन्।

२०७२ वैशाख १२ को भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत वर्ष जेठको १५ गतेबाट सञ्चालनमा आएको थियो। फाट्टफुट्ट बाहेक साउनदेखि मात्र नाकाबाट नियमित आयात हुन थालेको हो। कोरोना भाइरस फैलिएपछि चीनले अन्तर्राष्ट्रिय नाका बन्द गर्दा चैत दोस्रो सातासम्म तातोपानीबाट दुई महिना आयात ठप्प भएको थियो।

नाका चलेको नौ महिनामा आठ अर्ब २० करोड रुपैयाँ मूल्यका चिनियाँ सामग्री आयात भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ। नेपालमा कोरोना संक्रमण फैलिएपछि स्वास्थ्य सामग्री आयात हुन नदिन नेपाल सरकारले माघ १६ गतेदेखि बन्द नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। निर्णयसँगै चैत १६ बाट नाका खुलेको थियो। स्वास्थ्य सामग्रीसँगै अन्य सामान पनि आयात भइरहेको प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए।

‘तातोपानी अन्तर्राष्ट्रिय नाका भएकाले सबै किसिमका सामग्री आयात भइरहेको छ। तर कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री प्राथमिकताका साथ भित्रिरहेका छन्,’ उनले नागरिकसँग भने। कोरोनाअघि भित्रँदै आएका लत्ताकपडा, तयारी पोसाक, विद्युतीय सामग्री मात्रै आयत हुन सकेको छैन। त्यसबाहेक स्याउ, लसुन, कृषि उपकरण र बीऊविजन भने आयात भइरहेको खत्रीले जानकारी दिए।

कोरोनापछि व्यापारीले स्वास्थ्य सामग्री र अत्यावश्यक सामान आयात गरिरहेको भन्सार तथ्यांकले देखाउँछ। भन्सार तथ्यांकअनुसार नाकाबाट सबैभन्दा बढी कोरोनासँग सम्बन्धित सामग्री आयात भएको छ। नाका खुलेको दुई महिनामै एक अर्ब ८४ करोड रुपैयाँ मूल्यका स्वास्थ्य सामग्री आयात भएका छन्। पिसिआर मेसिन, भिटिएम किट्स, भेन्टिलेटर, पिपिई सेट, साधारण र एन–९५ माक्स, सेनिटाइजर लगायत ११ किसिमका कोरोनासँग सम्बन्धित सामग्री नाकाबाट आयात भइरहेका छन्।

सोही अवधिमा साढे ११ करोड मूल्यका स्याउ, लसुन, साढे चार करोड मूल्यका धान बीउ, एक करोड मूल्यका कृषि उपकरण र ५० लाख रुपैयाँ मूल्य बराबरका एम्बुलेन्स भित्रिएको भन्सारको तथ्यांक छ। ‘भूकम्पअघिकै लयमा फर्किन नाका प्रयासरत छ,’ प्रमुख भन्सार अधिकृत खत्रीले भने। चालु वर्षमा चिनियाँ सामग्री आयातबाट भन्सारले एक अर्ब ३४ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गरेको उनले जानकारी दिए।

कोरोना भाइरसका कारण नाकाबाट तत्काल निर्यात सम्भव नदेखिएको भन्सारका अधिकारी बताउँछन्। नाकाबाट मान्छे आवागमन भने बन्द छ। कोरोना महामारीमा स्वास्थ्य सामग्री अभाव हुन नदिन तातोपानी नाकाले टेवा पु-याइरहेको प्रमुख भन्सार अधिकृत खत्री बताउँछन्। भूकम्पअघि भन्सारले वार्षिक १५ अर्बको आयात, पाँच अर्बको निर्यात गरेर झण्डै चार–पाँच अर्व रुपैयाँ राजस्व असुली गथ्र्यो ।

नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij