२०८३ साउन ११ सोमबार

लगातार दुई दिन घट्दै आएको कोरोना संक्रमितको संख्या आज बढ्यो, आज ४२१ जना थपिएर ९ हजार २६ पुग्यो

ई आर्थिक    आइतबार, असार ७ २०७७
6.2K
Shares
लगातार दुई दिन घट्दै आएको कोरोना संक्रमितको संख्या आज बढ्यो, आज ४२१ जना थपिएर ९ हजार २६ पुग्यो

मृत्यु हुनेको संख्या २३ पुग्यो

ई–आर्थिक, काठमाडौं । नेपालमा लगातार दुई दिनदेखि घट्दै आएको कोरोना संक्रमितको संख्या आज भने बढेको छ । आज ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएकामा ६४ महिला ३५७ जना पुरुष रहेका छन् ।

अघिल्लो दिनसम्म थपिएर आज ४२१ थपिएर कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको प्रवक्ता डा. गौतमले बताए । जसमा ८२० महिला र ८ हजार २०६ जना पुरुष रहेका छन् ।

बितेको २४ घण्टामा ८ महिला १८६ पुरुष गरी जम्मा १९४ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसमेत गरी कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १ हजार ७७२ जना रहेका छन् । जसमा १४९ महिला र १ हजार ६२३ पुरुष रहेका छन् ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट नेपालमा २३ जनाको मृत्यु भएको छ भने नेपाल बाहेक विश्वका अन्य मुलुकहरुमा १ सय ३० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij