ई–आर्थिक, काठमाडौं । सैपाल ग्यास उद्योगको स्वामित्व एभरेष्ट ग्यासले लिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको स्वामित्व सहित एकाघरबाट सञ्चालित उक्त ग्यास खरिदमा १८ करोडमा लिइएको नेपाल एलपी ग्यास उद्योग संघका निबर्तमान अध्यक्ष शिबप्रसाद घिमिरेले जानकारी दिए ।
सैपाल ग्यास उद्योग कैलालीको गोदाबरी नगरपालिकामा रहेको थियो । उक्त उद्योग केही दिन अघिमात्र आफूले लिएको घिमिरेले जानकारी दिए । सैपाल ग्यास खरिद गर्ने घिमिरे ग्यास उद्योगका क्षेत्रमा नाम चलेका उद्योगी हुन् ।