ई–आर्थिक, काठमाडौँ : डिल्लीबजार मालपोत कार्यालयका ६ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । ती कर्मचारीलाई अख्तियारले घूससहित पक्राउ गरेको हो ।
अख्तियारले उनीहरुबाट ८ लाख ५० हजार रुपैयाँ बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।
अख्तियारले नियन्त्रणमा लिएका मध्ये मालपोल अधिकृत रघुवंश कँडेल, नायब सुब्बा उद्धव सापकोटा र गोपाल खड्का, खरिदार दीपक खनाल, नवराज घिमिरे, नारायप्रसाद पोखरेल रहेका छन् ।