२०८३ साउन ९ शनिबार

आजदेखि सपिङ मल पनि खुल्दै, स्वास्थ्य सुरक्षा व्यवस्था अपनाएर चलाइने

ई आर्थिक    सोमबार, असार १ २०७७
10.9K
Shares
आजदेखि सपिङ मल पनि खुल्दै, स्वास्थ्य सुरक्षा व्यवस्था अपनाएर चलाइने

ई–आर्थिक, काठमाडौं : काठमाडौंका व्यवसायीक संस्थाहरु विस्तारै खुल्न थालेका छन् । आज असार १ गतेदेखि व्यवसायीहरुले काठमाडौंका सपिङ मल पनि खोल्ने भएका छन् । लकडाउनको असर लामो समयसम्म धान्न नसकिने भएकाले पर्याप्त सुरक्षा व्यवस्था अपनाएर सपिङ मल सञ्चालनमा ल्याइने व्यवसायीहरुले बताएका छन् ।

उपत्यकाका सिभिल मल, सिटी सेन्टर, आरबी कम्प्लेक्स, बीजी मल, रञ्जना, पिपल्स प्लाजा, विशाल बजार, ताम्राकार कम्प्लेक्स, आइप्लेक्स कम्प्लेक्स र केएल टावरस्थित व्यापार संघले संयुक्त विज्ञप्ति जारी गरी आज सोमबार १ गतेदेखि मल सञ्चालनमा ल्याउने जानकारी दिएका हुन् ।

व्यवसायीहरुले यसको बोधार्थ नेपाल राष्ट्रिय व्यापार महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघलाई पनि दिएका छन् ।

आज १ गेत सोमबारबाट मल सञ्चालन गर्ने निर्णय गरेको नेपाल राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । उक्त महासंघ र १७ वटा व्यापार संघले स्थानीय सरकारसँग बैठक बसेरै यस्तो निर्णय गरेको हुन ।

सो बैठकले होलसेल बजार बिहान ७ देखि दिउँसो २ बजे खोल्ने र खुद्रा पसल बिहान १० देखि ५ बजेसम्म सञ्चालन गर्न दिने निर्णय समेत गरेको अध्यक्ष कटुवालले जानकारी दिए ।

छलफल पछि स्थानीय सरकारले पसल सञ्चालनमा कुनै अवरोध नगर्ने निर्णय समेत भएको उनले सुनाए । व्यवसायीहरुले सरकारले तोकेको सबै किसिमको सुरक्षा मापदण्ड अपनाउने जानकारी दिएका छन् ।

व्यवसायीले व्यवसाय सञ्चालन गर्दा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने र ज्वरो नाप्ने व्यवस्था मिलाउने जानकारी दिएका छन् 

पछिल्लोपटक सरकारले अन्य पसल सञ्चालन गर्न दिने निर्णय गरेपनि सपिङ मल खोल्न नदिने भनेको थियो । त्यसपछि व्यवसायीहरुले यो निर्णयको लगातार विरोध गर्दै आएको थिए । त्यसपछि स्थानीय सरकारसँग बसेको छलफलपछि सपिङ मल सञ्चालन गर्ने र सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

व्यवसायीले व्यवसाय सञ्चालन गर्दा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने र ज्वरो नाप्ने व्यवस्था मिलाउने जानकारी दिएका छन् ।

लामो समय व्यवसाय बन्द हुँदा घरभाडा, बैंकबाट लिइएको ऋणको ब्याजदर तथा राज्यलाई करसमेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको व्यवसायीको भनाई छ । विभिन्न समस्याका बाबजुद महिनौं दिनसम्म व्यवसाय बन्द गरेर बस्न नसकिने व्यवसायीहरुले बताए । आफ्ना समस्या केही सहज पार्न अन्य व्यवसाय जस्तै मल पनि चलाउन पाउनुपर्ने उनीहरुले धारणा राख्दै आएका थिए । नेपालका मलहरु खासै ठूला नभएकाले पनि सुरक्षा व्यवस्था अपनाउन सकिने व्यवसायीहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij