२०८३ साउन ९ शनिबार

अब काेराेना परीक्षण निजी ल्याबमा पनि हुने, सबै खर्च सरकारले नै व्यहोर्ने

ई आर्थिक    आइतबार, जेष्ठ ३२ २०७७
8.1K
Shares
अब काेराेना परीक्षण निजी ल्याबमा पनि हुने, सबै खर्च सरकारले नै व्यहोर्ने

ई-आर्थिक, काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको परीक्षण निजी प्रयोगशालाहरूलाई पनि दिने भएको छ ।

आयोजित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका हुन् ।

पीसीआर टेस्टका लागि सङ्कलित नमूना आवश्यक प्रक्रिया पूरा गरी स्वीकृति लिएका निजी प्रयोगशालालाई पनि जाँच्न दिइने व्यवस्था गरिएको उनले बताए । त्यसरी नमुना परीक्षण गर्दा लाग्ने खर्च सरकारले नै बेहोर्नेछ ।  कोरोनाको संक्रमण बढ्दै जाँदा सरकारले परीक्षणको दायर बढाउने उद्देश्यले यस्तो निर्णय लिएको हो।

त्यस्तै, विदेश जानको लागि आवश्यक पर्ने भिसाको लागि निरोगिता प्रमाणपत्रको लागि लिइने नमुना परीक्षण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालका ल्याबमा गरिने उनले जानकारी दिए ।

त्यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले स्वास्थ्य मन्त्रालयको निर्देशिकामा यात्रा गरेर आउन र गरेपछि परीक्षण गर्नुपर्छ भन्ने नभएको बताउदै कोही कसैको परीक्षण नगर्न, नगराउन सम्बद्ध सङ्घसंस्था र स्थानीय निकाय, घरपेटीहरूमा आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij