ई-आर्थिक, काठमाडौं। आइतबार सुन र चाँदीको भाउ स्थिर रहेको छ। यो दिन छापावाला सुनको भाउ प्रतितोला ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुनको भाउ ८९ हजार ३०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
लकडाउन पश्चात १२ हजार ६०० रुपैयाँले बढेको सुनको भाउ जेठ २९ गतेदेखि नै स्थिर रहेको छ। त्यसैगरी यस दिन चाँदी पनि अघिल्लो दिनकै भाउ अर्थात ९३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।