२०८३ साउन ९ शनिबार

तालिबानसँग वार्ता गर्न अफगानिस्तानका राष्ट्रपति घानी तयार

ई आर्थिक    शुक्रबार, जेष्ठ ३० २०७७
4.1K
Shares
तालिबानसँग वार्ता गर्न अफगानिस्तानका राष्ट्रपति घानी तयार

काबुल, जेठ ३० गते। अफगानिस्तानका राष्ट्रपति असरफ घानी अफगानिस्तानको विद्रोही तालिबान समूहसँग कतारको राजधानी दोहामा वार्ता गर्न सहमत हुनुभएको छ । कतारका विदेश मन्त्रालयका विशेषदूत मतलाक अल–खातानीले राष्ट्रपति घानी र तालिबानबीच कतारमा वार्ता हुन लागेको जानकारी दिनुभयो ।

खातानीले काबुलमा प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहसँगको भेटवार्तापछि उक्त सहमति भएको बताउनुभयो । अब्दुल्लाहले अफगानिस्तानमा शान्ति र सुरक्षा बहाल गर्न कतारको प्रयत्नप्रति आभार पनि व्यक्त गर्नु भएको थियो । आइतबार टोलोन्यूजले तालिबानसँगको निकट स्रोत उद्धृत गर्दै तालिबान र अफगान सरकारबीच दोहामा वार्ता हुन लागेको जनाएको थियो । तर वार्ताको ठोस मिति तय भइसकेको छैन तर अमेरिका र तालिबानबीचको पूर्व सहमति बमोजिम ५ हजार तालिबान लडाकूलाई जेलमुक्त गर्न अफगान सरकारले सहमति जनाएको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij