२०८३ साउन ९ शनिबार

मौद्रिक नीति असार अन्तिम साता आउने, नेपाल राष्ट्र बैंकले थाल्यो गृहकार्य

ई आर्थिक    बुधबार, जेष्ठ २१ २०७७
8.4K
Shares
मौद्रिक नीति असार अन्तिम साता आउने, नेपाल राष्ट्र बैंकले थाल्यो गृहकार्य

ई–आर्थिक, काठमाडौं । आगामी आर्थिक बर्षको लागि मौद्रिक नीति असारको अन्तिम सातामा आउने भएको छ । सोही मितिमा ल्याउने गरी नेपाल राष्ट्र बैंकले तयारी थालेको छ ।

सरकारले केही दिन अघि ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको गृहकार्य शुरु गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

कोरोना भाइरस कोभिड–१९ महामारीकाबीच आउन लागेको मौद्रिक नीतिले सबै क्षेत्रको सुझावहरु समेट्ने प्रयास गरिने राष्ट्र बैंकको भनाई छ । मौद्रिक नीति ल्याउन सुझाव संकलनको काम थाल्ने तयारी भइरहेको बुझिएको छ ।

राष्ट्र बैंकले हरेक वर्ष सरोकारवालाहरुको सुझावसमेत लिएर मौद्रिक नीति तर्जुमा गर्ने परम्परा छ । निजी क्षेत्र, बैंकिङ, बीमा, सहकारी लगायतका सबै सरोकारवालाहरुसँग राष्ट्र बैंकले सुझाव लिने गरेको छ । सरकारको आर्थिक सल्लाहकारको समेत भूमिकामा रहेको केन्द्रीय बैंक राष्ट्र बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन तथा सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरी ल्याइने मौद्रिक नीतिमा सर्वसाधारणको समेत सुझावहरु समेटिने गर्दछ ।

नेपालको ११ महिनाको बर्तमान अवस्थाको तथ्यांक समेत समावेश गर्नुपर्ने भएकाले असार १५ गते पछि मात्रै मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको भनाई छ ।

बजेट र कर तिर्ने विषयमा रूष्ट भएको निजी क्षेत्रले भने मौद्रिक नीतिबाट केही सहुलियतको अपेक्षा राखेको छ । निजी क्षेत्रले अपेक्षा गरे अनुरुप मौद्रिक नीति नआए सरकारले ल्याएको बजेट, कर नीति र मौद्रिक नीतिको विरुद्धमा चरणबद्ध आन्दोलन गर्ने योजना रहेको एक उद्योगीले बताए । प्रदेश ५ का व्यवसायीले भने कर दाखिला निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij