२०८३ साउन ११ सोमबार

नेपालमा कोरोनाको नयाँ रेकर्ड : एकै दिन थप २२६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो

ई आर्थिक    सोमबार, जेष्ठ १९ २०७७
6.4K
Shares
नेपालमा कोरोनाको नयाँ रेकर्ड : एकै दिन थप २२६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो

ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सोमबार मात्रै थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ । यो अहिलेसम्मकै धेरै संख्या हो ।

त्यस्तै हालसम्म नेपालमा १६६७ जना पुरुष र १३१ जना महिला सङ्क्रमित भएका छन् । जसमध्य नेपालमा कोरोना संक्रमणका कारण आठ जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij