ई-आर्थिक, काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। संघीय संसदमा २०७७/७८को आर्थिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जनाकारी गराएका हुन् । यो गत वर्षको भन्दा ३१.८५ प्रतिशतले बढी हो । चालू आर्थिक वर्षको लागि सरकारले ६८ अर्ब ७८ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो ।
यो वर्षको बजेट प्रस्तुत गर्दे विदेशबाट आउने व्यक्तिको अनिवार्य स्वास्थ्य परीक्षण गर्न तथा प्रमुख प्रवेश नाकामा आवश्यक उपकरणसहित हेल्थ डेस्क स्थापना गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्रीले बताएका छन् । सरकारले यसका लागि कोरोना संक्रमण नियन्त्रण तथा नियन्त्रणको लागि तत्काल आवश्यक औषधि, उपकरण तथा उपचारको लागि ६ अर्ब बजेट छुट्याएको समेत बताएकाे छ ।
कोरोनाले थलिएकाहरूलाई पाँच प्रतिशत सम्म पुन कर्जा दिने व्यवस्था गरिएको छ। एक खर्व सम्म सहुलियत दरमा कर्जा उपलब्ध गराउन राष्ट्र बैक मार्फत दिइने भएको छ। कोरोना रोगको समुहिक बिमा गर्न प्रतिसहित गरिने भएको छ। जसको लागि सरकारले एक लाखको बिमा गर्न ५० प्रतिशत अनुदान दिने भएको छ।
स्वास्थ्यकर्मीहरूका लागि प्रोत्साहन भत्तास्वरुप पाँच लाखसम्मको स्वास्थ्य बिमाको व्यवस्था गरिनुका साथै नागरिककाे स्वास्थ उपचार सहज बनाउन स्वास्थ्य बिमाका लागि सात अर्ब बजेट व्यवस्था गरिएकाे छ ।
यो वर्षनै काठमाडौमा अन्तर्राष्ट्रिय मापदण्ड अनुुरुप तीन सय शैयाको सरुवा रोग नियन्त्रण अस्पताल निर्माण गरिने र प्रत्येक प्रदेशको राजधानीमा २५० शैयाको अस्पताल बनाउने बताए । त्यस्तै उनले २७२ स्थानीय तहमा ५ देखि १५ शैय्यासम्मका आधारभूत अस्पताल बनाइने र आगामी वर्षमा थप २७२ अस्पतालका लागि १४ अर्ब २७ करोड बजेट छुट्याइएको छ । तीन वर्षमा सबै नागरिकमा स्वास्थ्यमा बीमा गराउने र ४० प्रतिशत जनतामा बीमाको दायरमा ल्याउन ७ अर्ब ५० करोडकाे व्यवस्था गरिएकाे छ । सबै स्थानीय तहका स्वास्थ्य संस्थाबाट मातृत्व तथा प्रजजन स्वास्थ्यका साथै सर्भाइकल तथा स्तन क्यान्सरको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने भएको छ ।
सरकारले आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त देश बनाइने घोषणा गरेको छ । कुष्ठ रोेग, क्षय रोग, एड्स रोग नियन्त्रण गर्नका लागि ४ अर्ब २२ करोड बजेट बिनियोजन गरिएको छ ।
त्यसैगरी पोखरा तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी, भेरी, भरतपूर र डडेलधुरा अस्पताललाई स्तोरन्नती गरी विशेषज्ञ अस्पतालको रुपमा विकास गर्दै लगिने पनि अर्थमन्त्रीले जानकारी दिएका छन् । यस्तै स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड बजेट विनियोजन गरिएको उनले बताए ।