२०८३ साउन ११ सोमबार

देशभर १३० औद्योगिक ग्राम स्थापनाका लागि दुई अर्ब ६४ करोड बजेट

ई आर्थिक    बिहिबार, जेष्ठ १५ २०७७
5.1K
Shares
देशभर १३० औद्योगिक ग्राम स्थापनाका लागि दुई अर्ब ६४ करोड बजेट

ई-आर्थिक, काठमाडौं । सरकारले देशभर १३० औद्योगिक ग्राम स्थापनाका लागि लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ।

सरकारले एक प्रदेश, एक औद्योगिक ग्राम स्थापना गर्ने, निर्माणधिन उद्योगलाई अघि बढाउन प्रोत्साहन गर्ने भएको छ। संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जनाकारी गराएका हुन् ।

त्यस्तै, नेपाली सेना प्रहरी तथा निजामति कमचारीका लागि अनिवार्य गरिएका पोसाक उत्पादन स्वदेशबाटै उत्पादन थालिने भएको छ । बजेट वक्तव्यमा आयात प्रतिस्थापन र स्वदेशी कपडा उद्योगको प्रवर्द्धनका लागि यस्तो कार्यक्रम ल्याइएको खतिवडाले जानकारी दिए । औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रका उद्योगहरूलाई कर सहुलितको व्यवस्था पनि गरिने भएको छ ।

यसैगरी, निर्माणाधीन विशेष आर्थिक क्षेत्रहरूको निर्माणलाई निरन्तरता दिइने बताइएको छ। नवलपरासीको धौवादी फलाम खानीबाट उत्पादन थाल्न पहुँचमार्ग बनाइसक्ने पनि जनाइएको छ ।

त्यस्तै, बैतडी र बझाङमा फस्पोराइड र उदयपुरमा म्याग्नेसाईट उत्पादनको अध्ययन गर्न पनि बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ । सुर्खेतको पत्थर खानीको काम अघि बढाइने पनि बजेटमा उल्लेख छ । रुग्न उद्योगहरूलाई पुनराेत्थानका लागि सरकार र निजी क्षेत्रबिच सहयकार्यका आधारमा अङि बढ्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij