२०८३ साउन १२ मंगलबार

थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

ई आर्थिक    शुक्रबार, जेष्ठ ९ २०७७
6.7K
Shares
थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोना संक्रिमतको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा, काठमाडौँ र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप ३० जना नयाँ संक्रंमित पुष्टि भएको हो ।

सङ्क्रमण पुष्टि हुनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षिय पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाध, चितवन निवासी ७४ वर्षिय पुरुण र ७३ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यसैगरी, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम न.पा. ३, १८ निवासी ३३ , ३५ वर्षिय पुरुषहरु, १५ वर्षिय बालिका, कपिलवस्तु बाणगंगा न.पा., मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिय पुरुष र ८ वर्षिय बालिका, सर्लाही , गोडैता न.पा. ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षिय पुरुषहरु र १८ वर्षिय महिलामा संक्रमण पुष्टि भएको हो।

हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij