ई-आर्थिक, काठमाडौं । नेपालमा बिहिबार बिहान थप १७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या ४४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप संक्रमण पुष्टि भएकामा झापा, धनकुटा र सुनसरी जिल्लाका रहेका छन् ।
थप संक्रमित पुष्टि भएकामा झापा कचनकबल गाँउँपालिका ३,६र ८ निवासी १८,१८,१९,१९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ वर्षीय पुरूषहरू र धनकुटा निवासी ३४ वर्षीय पुरूष, सुनसरी धरान उपमहानगर पालिका निवासी ५१ वर्षीय महिला रहेको मन्त्रालयले जनाएको छ । उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ ।