२०८३ साउन ९ शनिबार

चीनबाट सेनाले खरिद गरेका १० कन्टेनर सामान खासामा

ई आर्थिक    शुक्रबार, जेष्ठ २ २०७७
5.3K
Shares
चीनबाट सेनाले खरिद गरेका १० कन्टेनर सामान खासामा

ई-आर्थिक, मेलम्ची । सरकारको निर्देशनानुसार नेपाली सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत खरिद गरेका १० कन्टेनर सामान खासामा आइपुगेका छन् ।

कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामग्री आज खासाबाट तातोपानी नाका हुँदै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

शनिबारसम्म काठमाडौँ पठाउने तयारी भएको उहाँले बताउनुभयो । सेनाले जीटुजी प्रक्रियामार्फत ६७ थरिका स्वास्थ्य सामग्री खरिद गरेको थियो । केही सामान विमानमार्फत ल्याइने जनाइएको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij