ई-आर्थिक, काठमाडौं । नेपालमा थप ५ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष, महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको छन्। त्यस्तै सर्लाहीको धान्कौल नगरपालिका निवासी पुरुष, धनुषाको जनकपुर नगरपालिका र मिथिला नगरपालिकामा पुरुष र महिला तथा महोत्तरीका २ जना पुरुष हुन।
यसअघि बिहीबार बिहानै काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको थियो ।
काठमाडौं र कपिलबस्तुमा भेटिए थप कोरोना संक्रमित, काठमाडौंमा संक्रमितको संख्या ६ पुग्यो, देशभर २४५