२०८३ साउन १० आइतबार

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

ई आर्थिक    आइतबार, बैशाख २१ २०७७
13.5K
Shares
राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

ई-आर्थिक, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् ।

आइतबार सरकारको सिफारिसमा उनले संविधानको धारा ९३ को उपधारा (१)बमोजिम वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । वजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, वजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ ।

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । बजेट पेश गर्नुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij