२०८३ साउन ९ शनिबार

काठमाडौंबाट हुण्डी कारोवारी पक्राउ

ई आर्थिक    आइतबार, बैशाख २१ २०७७
7.1K
Shares
काठमाडौंबाट हुण्डी कारोवारी पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका १३ टङ्केश्वरस्थित कनक पेट्रोलपम्प नजिकबाट हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुका साथबाट प्रहरीले नगद रु २४ लाख २१ हजारसमेत बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा भारत मोतियारी घर भई हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेशकुमार गुप्ता र काठमाडौँ नयाँ बानेश्वर बस्ने बाग्लुङका ३५ वर्षीय सागर श्रेष्ठ रहेका छन् । उक्त रकममध्ये गुप्ताको साथबाट रु छ लाख २१ हजार र श्रेष्ठको साथबाट रु १८ लाख बरामद भएको हो ।

उक्त स्थानमा हुण्डी कारोवार गरिरहेको भन्न सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij