२०८३ साउन ११ सोमबार

नेपालमा काेराेना संक्रमित ४७ पुग्यो, निको हुनेमा ९ जना

ई आर्थिक    बिहिबार, बैशाख ११ २०७७
10.9K
Shares
नेपालमा काेराेना संक्रमित ४७ पुग्यो, निको हुनेमा ९ जना

ई–आर्थिक, काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसबाट नेपालका कुल संक्रमित संख्या ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप संक्रमित पुष्टि भएकामा उदयपुरका एक ५५ वर्षीय महिला र सर्लाहीका १४ वर्षीय बालक रहेको छ। उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका -३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै सर्लाही धनकौल गाउँपालिका–५ का १४ वर्षीय बालक लकडाउनको अवधिमा दिल्लीबाट घर फर्किएका थिए । उनको र्‍यापिड डायग्नोस्टिक टेस्ट(आरडीटी) मा पोजेटिभ आएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो । ५ वैशाखमा अस्पताल पुगेका उनको थ्रोट स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण नेगेटिभ आएको र थप पुष्टिका लागी टेकु पठाइएको थियो ।टेकुमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । अहिले हरकठवास्थित क्वारेन्टाइनमा रहेका उनलाई अब फेरि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको छ ।

नेपालमा कोरोना संक्रमणको उपचार पछि निको हुनेको संख्या ९ पुगेको छ । आज मत्रै कोरोनाको उपचारमा रहेका तीन जना निको भएर घर फर्केका छन्। घर फर्किनेमा धनगढीका ६५ वर्षिया पाना विक र काठ्माडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने आमा ८१ महिला र उनको ५८ वर्षिया छोरा आज निको भएर घर फर्केका हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij