२०८३ साउन १२ मंगलबार

शिखर साकोसको डिजिटल कारोवार सेवा सुरू, घरमै बसेर सुरक्षित र सजिलैसँग कारोवार गर्न सकिने

ई आर्थिक    बुधबार, बैशाख १० २०७७
16.4K
Shares
शिखर साकोसको डिजिटल कारोवार सेवा सुरू, घरमै बसेर सुरक्षित र सजिलैसँग कारोवार गर्न सकिने

ई–आर्थिक, बिर्तामोड । समयानुकुलको सेवा दिन सक्ने झापाको विर्तामोडमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले डिजिडल कारोवार सेवा सुरु गरेको छ । मुलुकमा चलेको लकडाउनका कारण सदस्य आवत जावत र सदस्यहरुको स्वास्थ्य सुरक्षाको संवेदेनशीलतालाई मध्येनजर गरेर उक्त सेवा सुरु गरिएको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण फैलिने मुख्य कारण मध्येको एक कारण रुपैया पैसा आदन–प्रदान पनि हो । सर्वसाधारणको दैनिक जीवन यापनको लागि प्रमुख आवश्कता पनि रुपैयाँ नै पर्नेहुन्छ, अझ महामारी र संकटमा काम दिन्छ भनेर बैंक तथा वित्तिय संस्थामा बचत गरेर राखेको पैसा यतिवेला झन आवश्यक पर्न थालेको पनि छ । बैंक तथा बित्तिय संस्थाहरुमा सर्वसाधारणको भिड बढन थालेको छ । यसै आवश्यकतालाई हृदयंगम गरी उक्त सेवा सुरु गरिएको अध्यक्ष राउतले बताए ।

पैसाबाट कोरोना सर्ने जोखिमसंगै भिडका कारण सामाजिक दुरी पनि भंग हुने भएकोले कोरोना संक्रमण फैलन सक्ने संभावना देखिए पछि सरकारले वित्तिय संस्थाहरुलाई डिजिटल पद्धतीबाट कारवार गर्न गरेको आग्रहलाई स्वीकार गर्दे पनि संस्थाले डिजिडल कारोवार सेवा सुरु गरेको हो ।

यो सेवासँगै लकडाउनको समयमा राज्यले पनि डिजिटल कारोवारलाई प्रोत्साहन गरिरहेको अबस्थामा संस्थाका सदस्यहरुले घरमा नै बसेर आफ्नो संस्थाको खाताबाट कुनै पनि बैकमा पैसा सजिलै पठाउन सक्ने छन् ।

यो महामारीमा पैसाबाट पनि रोग सर्न सक्ने भन्दै सजग रहनु पर्ने अवस्थामा संस्थाले क्यासलेस कारोवारलाई प्रबद्र्धन गर्दै आएको छ । शिखर एम बैकबाट यो सेवा लिन सकिने संस्थाले जानकारी दिएको छ ।

रियल टाईम बैक ट्रान्सफर सेवा लिदा यस बेला सरकारले सेवा शुल्कमा समेत छुट दिएको छ । यो सेवाले सदस्यहरुले शिखर साकोसको खाताबाट नेपालका धेरै जसो बैकको खातामा पैसा ट्रान्सफर गर्न सकिने शिखर साकोसका अध्यक्ष राउतले जानकारी दिए । संस्थाले मोवाईल एपबाट पनि विभिन्न सेवा दिदै आएको छ ।

सदस्यहरुलाई प्राविधिक शिक्षा दिदै संस्थाले डिजिटल कारोवारलाई सदस्यहरु माझमा पुर्र्याएको हो । शिखर मोवाईल बैकिङ्क मार्फत संस्थाले एसएमएस सेवा, क्युआर भुक्तानी सेवा, बिजुली विल भुक्तानी, फोन रिचार्ज, एयर टिकट, फन्ट ट्रान्सफर, वालेट लोड सेवा लगायतका डिजिटल सेवा लिन सकिने बताइएको छ ।

नेपाल सरकारको निर्देशनलाई मानेर यो महामारीबाट आफू पनि बाचौं र अरुलाई पनि बचाऔ सुरक्षित घरमा नै बसेर कारोवार गर्न समेत शिखर साकोसले अपिल गरेको छ । सदस्यहरुले आफ्नो मोवाईल एपलाई अपडेट गरेर यो शिखर एम बैक सेवालाई एक्टिभ गर्न सकिने संस्थाले जानकारी दिएको छ । काठमाण्डौ स्थित हाम्रो टेक्नोलोजीसँगको सहकार्यमा यो सेवा सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij