२०८३ साउन ९ शनिबार

मर्निङवाक र इभिनिङवाक नगरौँ

ई आर्थिक    बुधबार, बैशाख ३ २०७७
14.6K
Shares
मर्निङवाक र इभिनिङवाक नगरौँ

ई–आर्थिक, ललितपुर । महालक्ष्मी नगरपालिकाले मर्निङवाक र इभिनिङवाकका बहानामा घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै थप सतर्कता अपनाउन आवश्यक रहेको महसुस गरी नगरपालिकाले नागरवासीलाई दैनिक बिहान हिँड्ने मर्निङवाक र साँझमा हिँड्ने इभिनिङवाक तत्काल रोक्न अनुरोध गरेको हो ।

अत्यावश्यकबाहेकका अन्य काममा घरबाहिर ननिस्कन पटक–पटक अनुरोध गरे पनि नरोकिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले धेरैपटक नगरवासीलाई मनिङवाक र इभिनिङवाक नहिँड्न अनुरोध गरे पनि यो क्रम रोकिएको छैन । नगरवासीको आवतजावत रोक्न टोलटोलका सडक पूर्ण बन्द गरौँ भने पनि कसैलाई तत्काल केही पो पर्छ कि ! भन्ने डर पनि रहेको छ ।”

नगरपालिकाको टोलटोलमा अपरिचित व्यक्तिलाई आउन निषेध गर्नसमेत आवश्यक रहेको श्रेष्ठले बताउनुभयो ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij