२०८३ साउन ९ शनिबार

हवाई भाडादरमा ३६ प्रतिशतसम्म छुट दिने वायुसेवा सञ्चालकको घोषणा

ई आर्थिक    सोमबार, चैत्र १० २०७६
5.4K
Shares
हवाई भाडादरमा ३६ प्रतिशतसम्म छुट दिने वायुसेवा सञ्चालकको घोषणा

ई आर्थिक, काठमाडौं। सरकारले तोकेको हवाईभाडादरमा ३६ प्रतिशतसम्म छुट दिने वायुसेवा सञ्चालक संघले घोषणा गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट उत्पन्न कठिन परिस्थितिमा पनि अत्यधिक भाडा लिएको भन्दै सामाजिक संजालमा गुनासो बढेपछि आन्तरिक वायुसेवाले भाडादरमा छुट दिने घोषणा गरेका हो ।

सरकारको निर्णयानुसार अत्यावश्यक वस्तुहरूको सूचीमा रहेको आन्तरिक हवाईसेवाको भाडादर सरकारले तोकेको सिलिङभित्र रहेर सेवा दिँदै आएको र बढी भाडा नलिएको पनि संघले जनाएको छ । सङ्घले सामाजिक उत्तरदायित्वअन्तर्गत ट्रङ्क रुटमा यस्तो निर्णय गरिएको प्रस्ट पारेको छ ।

सङ्घका अनुसार सरकारले तोकेको भाडा दरमा २० देखि ३६ प्रतिशतसम्म छुट यात्रुले पाउनेछन् । सङ्घका अनुसार यति एयरलाइन्स र बुद्ध एयरलाइन्सले तत्कालका लागि ट्रङ्क रुटमा यस्तो छुट उपलब्ध गराउने छन् । यद्यपि यस्तो भाडा दर सिमरा, भरतपुर र जनकपुरमा लागू हुने छैन ।

यात्रुले यस्तो सुविधा सोमबारदेखि चैत २१ गतेसम्म प्राप्त गर्न सक्नेछन् । सङ्घले हवाई भाडा दरमा ४० प्रतिशत हिस्सा इन्धनको भए पनि नेपाल आयल निगमले विश्वव्यापी रूपमै हवाई इन्धनको मूल्य घटे पनि त्यस अनुसार नघटाएको आरोप लगाएको छ । निगमले न्यूनतम मुनाफा राखी हवाई इन्धन बिक्री गरे भाडा दर स्वतः घट्ने सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij