२०८३ साउन ९ शनिबार

आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द, कुन–कुन कार्यालय बन्द हुँदैनन् ?

ई आर्थिक    आइतबार, चैत्र ९ २०७६
9.7K
Shares
आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द, कुन–कुन कार्यालय बन्द हुँदैनन् ?

ई आर्थिक, काठमाडौं। कोरोना भाइरस (काेभिड १९) को संक्रमणको जोखिमलाई कम गर्न तथा रोकथामका लागि आइतबारदेखि देशैभरका अत्यावश्यक बाहेकका कार्यालय केही दिनका लागि बन्द गरिने भएको छ ।

कोरोनाको जोखिम कम गर्न आइतबारदेखि चैत २१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने सरकारले निर्णय गरेको हो । जसअनुसार संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामूदायिक तथा नीजि सेवा प्रदायक संघ संस्थबाट प्रदान गरिने सेवा बन्द हुनेछन् । त्यस्तै, २५ जनाभन्दा धेरै व्यक्तिलाई एकै ठाउँमा जम्मा नहुन पनि सरकारले आग्रह गरेको छ ।

अरु सेवा बन्द भए पनि अस्पताल, औषधि पसल तथा स्वास्थ्य सेवा, दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण, पेट्रोलियम तथा खानेपानीको ढुवानी तथा बिक्री वितरण बन्द हुँदैन ।

साथै टेलिफोन तथा इन्टरनेट, सञ्चारमाध्यम, बैंक, बीमा, विद्युत् सेवा, र फोहोर ढुवानी तथा विर्सजन, हुलाक सेवा, आन्तरिक तथा सुरक्षा कार्यसँग सम्बन्धित सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा भने बन्द नहुने सरकारले जनाएको छ ।

यस्तै आइतबारदेखि नै चैत १८ सम्म अन्तराष्ट्रिय उडान पनि बन्द रहनेछन् । यस्तै चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुबाहक सवारी साधन पनि नचल्ने सरकारले जनाएको छ ।

नेपाल राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाको सूची :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij