ई–आर्थिक, काठमाडौं । हङकङबाट काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइरहेका दुईवटा विमान अध्यागमन विभागले आकाशबाटै फर्काइ दिएको छ । विभागले विमानमा आएका यात्रुहरुको संख्या विवरण हेरेपछि उनीहरुलाई आकाशबाटै फकाई दिएको जानकारी दिएको छ ।
समाचार स्रोतका अनुसार एउटा विमानमा एकजना विट्रिस अर्का विमानमा २४ जना यूरोपियन नागरिक भएको थाहा भएको छ ।
‘विमान फिर्ता गरिएको छ विमानमा रहेका यात्रुहरु नेपालले प्रतिबन्ध लगाएका मुलुकका नागरिक थिए’, विभाग स्रोतले भन्यो ।
अध्यागमन विभागका अनुसार कुल ६६ मुलुकका नागरिक र त्यहाँबाट आउने जुनसुकै मुलुकका नागरिकलाई समेत नेपाल आउन प्रतिबन्ध लागेको छ ।
यूरोपका ४५ देशबाट नेपाल आउन रोक लगाइएको छ । पश्चिम एशिया र खाडीका १९ देशका साथै जापान र कोरियाबाट पनि आउन पाइनेछैन । तर शनिवार दिउसो एयर इन्डिया र थाइ एयरवेजले जापान, मलेसिया, भारतबाट क्रमशः १२ र ४९ जना नेपाली बोकेर आएका थिए । ती विमान र नागरिक उड्डयन प्राधिकरणलाई अध्यागमन विभागले तयारी गरेको छ ।
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ५ गतेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो ।