२०८३ साउन ११ सोमबार

टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि पनौती तनाबग्रस्त, प्रदर्शनले उग्र रुप लिएपछि कर्फ्यु

ई आर्थिक    मंगलबार, चैत्र ४ २०७६
9.2K
Shares
टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि पनौती तनाबग्रस्त, प्रदर्शनले उग्र रुप लिएपछि कर्फ्यु

ई–आर्थिक, काभ्रे : टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको विषयलाई लिएर पनौती तनावग्रस्त बनेको छ । प्रदर्शनले उग्ररूप लिन थाले पछि स्थानीय प्रशासनले पनौतीमा कर्फ्यु जारी गरेको छ । सोमबार प्रदर्शनले उग्र रुप लिएको र आज मंगलबार पनि बिहानबाटै प्रदर्शन हुन थालेपछि अर्को सूचना जारी नभएसम्मको लागि कक्र्यु लगाइएको छ । पनौती बसपार्क आसपासको क्षेत्रमा ९ बजेबाट कर्फ्यु जारी गरको प्रहरीले जानकारी दिएको छ ।

पनौतीमा सोमबार बा५ख ५४८० नम्बरको टिपरले ठक्कर दिएर खानीखोला गाउँपालिका–१ की २६ वर्षीय जुनीमाया तामाङ र ३ वर्षीय छोरी स्मारिकाको मृत्यु भएको थियो । घटना पछि आक्रोशित आफन्त र स्थानीयले प्रदर्शन थालेपछि प्रहरीसँग भिडन्त समेत भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो । गोलीको छर्रा लागेर प्रहरी हवल्दारसहित ६ प्रहरी र ३ स्थानीय घाइते भएका थिए । छर्रा कसरी लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

खानीखोला–१ स्थित कालिका प्राथमिक विद्यालयको प्रधानाध्यापक समेत रहेकी उनले परीक्षा व्यवस्थापनको जिम्मेवारी अरुलाई दिएर स्वास्थ्य जाँचको लागि बनेपा आउँदै गर्दा टिपरले ठक्कर दिएको थियो । यतिखेर मृतकको शवहरुलाई पोस्टमार्टमको लागि शीर मेमोरियल अस्पतालमा राखिएको छ ।
घटना सामान्य बन्न थालेपछि कफ्र्यु हटाइने स्थानीय प्रशासनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij