२०८३ साउन ९ शनिबार

बेलायत र आयरल्याण्डमाथि पनि अमेरिकाले ग¥यो यात्रा प्रतिबन्ध, राष्ट्रपति ट्रम्पले पनि गराए आफ्नै कोरोना परीक्षण

ई आर्थिक    आइतबार, चैत्र २ २०७६
4.2K
Shares
बेलायत र आयरल्याण्डमाथि पनि अमेरिकाले ग¥यो यात्रा प्रतिबन्ध, राष्ट्रपति ट्रम्पले पनि गराए आफ्नै कोरोना परीक्षण

ई–आर्थिक, काठमाडौं । संयुक्त राज्य अमेरिकाले बेलायतमाथि पनि यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मार्च १४ तारिक शनिवार, मध्यान्ह ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति माइक पेन्सले युरोपको शक्तिशाली मुलुक बेलायतमाथि पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् । उनले बेलायतका साथै आयरल्याण्डमाथि पनि यस्तो प्रतिबन्ध लगाइएको बताए ।

कोरोना भाइरसलाई अमेरिकामा फैलन नदिनका लागि सावधानी स्वरुप यस्तो प्रतिबन्ध घोषणा कार्यक्रममा उल्लेख गरियो । मार्च १६ तारिक सोमबारको मध्यरातिदेखि बेलायत र आयरल्याण्डमाथि लगाइएको यात्रा प्रतिबन्ध कार्यान्वयन गरिने घोषणा पनि पत्रकार सम्मेलनमा गरिएको थियो । यसअघि अमेरिकाले इटली लगायत अन्य सबै युरोपेली मुलुकमाथि यात्रा प्रतिबन्धको घोषणा गरी लागू पनि गरिसकेको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा आयोजित सो पत्रकार सम्मेलनमा राष्ट्रपति स्वयंले आफ्नो कोरोना भाइरस परीक्षण सम्पन्न भएको जानकारी गराएका थिए । उनको परीक्षण शुक्रबार सांझ गरिएको थियो । परीक्षणको रिपोर्ट कस्तो आउने त्यो भने हेर्न बाँकी रहेको छ । उक्त रिपार्ट आउन २४ घण्टा कुर्नुपर्ने जनाइएको छ ।

फ्लोरिडास्थित उनको आफ्नै रिसोर्ट मार ए लागोमा भएको एउटा बैठकमा सहभागी ब्राजिलका व्यक्तिहरुमध्ये दुईजनामा कोरोना संक्रमण प्रमाणित भएपछि राष्ट्रपति ट्रम्पमा पनि संक्रमण हुन सक्नेबारे प्रश्नहरु उठाइएका थिए ।

अमेरिकाका ४९ वटा राज्यहरुमा यो भाइरस देखापरिसकेको र २१ सय व्यक्तिहरु संक्रमित भइसकेका न्यूयोर्क टाइम्सको एक रिपोर्टमा उल्लेख छ । सो रिपोर्टका अनुसार, वासिंगटन राज्य, न्यूयोर्क र पोर्टोरिकोमा गरी ४८ जना संक्रमित व्यक्तिहरुको मृत्यु भइसकेको छ ।

अमेरिकाका अधिकांश राज्यहरुमा विद्यालय र विश्वविद्यालयहरु बन्द भइसकेका छन् भने देशभर आपतकाल घोषणा गरेर यो संक्रमणबाट बाँच्न विशेष सावधानी अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij