ई–आर्थिक, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका पाँच संस्थानहरुको रिक्त कार्यकारी प्रमुख र अध्यक्षमा आज बुधबार नियुक्ति गरिएको छ । बिभागीय मन्त्री घनश्याम भुसालले माताहतका पाँच निकायका पदाधिकारी नियुक्त गरेका हुन ।
यि मध्ये निकै आकर्षक मानिएको दुग्ध विकास संस्थानको कार्यकारी प्रमुख (महाप्रबन्धक) मा रुद्रप्रसाद पौडेलले बाजी मारेका छन् । डीडीसी बाहेक राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, कृषि सामग्री कम्पनी लिमिटेड र कपास विकास समितिमा पनि अध्यक्ष, उपाध्यक्ष लगाययतका पदाधिकारी नियुक्त भएका हुन् ।
राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्रप्रसाद यादव नियुक्त भएका छन् भने राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकमा डा. विष्णुप्रसाद भट्टराई तथा उपाध्यक्षमा गोपालप्रसाद पोखरेल नियुक्त भएका छन् ।
त्यस्तै कृषि सामग्री कम्पनी लिमिटेडको महाप्रबन्धकमा नेत्रबहादुर भण्डारी र अध्यक्षमा शशीराज तुलाधर नियुक्त भएका छन् भने कपास विकास समितिको अध्यक्षमा रुद्रहरि ज्ञवाली नियुक्त भएका छन्