२०८३ साउन ९ शनिबार

कोरोनाभाइरस : खोप कहिले बन्ला

ई आर्थिक    शनिबार, फाल्गुन २४ २०७६
8.9K
Shares
कोरोनाभाइरस : खोप कहिले बन्ला

जेम्स ग्यालहर, बीबीसी । नयाँ कोरोनाभाइरस विश्वभर ८० देशमा फैलिएको छ र प्रत्येक दिन हजारौँ नयाँ सङ्क्रमणहरू सार्वजनिक भइरहेका छन् । अहिलेसम्म कोभिड–१९ बाट मानिसलाई बचाउने खोप बनेको छैन ।

खोप कहिलेसम्म बन्ला त ?

वैज्ञानिकहरूले खोप विकास गरिसकेका छन् र त्यसलाई जनावरमाथि परीक्षण गरिरहेको छन् । जनावरमाथिको परीक्षण सफल भयो भने यो वर्षको अन्त्यसम्ममा मानिसमाथि पनि परीक्षण हुनसक्छ । तर यो वर्षको अन्त्य अगाडिनै पनि वैज्ञानिकहरूले खोप पत्ता लगाएको दाबी गरेपनि त्यसलाई ठूलो सङ्ख्यामा बनाउन समय लाग्नेछ । यसको अर्थ सबैभन्दा छिटो खोप उपलब्ध हुने समय भनेको सन् २०२१ को बीचतिर मात्रै हो । तर खोप विकासको सबै कुरा सहज नहुन सक्छ जसले यसलाई ढिलो बनाउन सक्छ ।

मानिसमा अहिले चार प्रकारको कोरोनाभाइरस सङ्क्रमण छ । सबैले रुघाखोकी लगाउँछ र हामीसँग कुनैको पनि खोप छैन ।

के खोपले सबै उमेरका मानिसलाई बचाउँछ ?

खोप बनेपनि यो वृद्ध मानिसहरूमा कम सफल हुनेछ । यस्तो खोपका कारणले नभई वृद्ध मानिसहरूको रोग प्रतिरोधी क्षमता कम हुने कारणले हो । सिटामोलसहित सबै औ‍षधिहरूको साइड इफेक्ट हुन्छ । तर खोपको परीक्षण राम्ररी नगरी यसको साइड इफेक्टहरूबारे थाहा हुन सक्दैन ।

खोप नबनेसम्म के उपचार छ त ?

खोपले सङ्क्रमणबाट जोगाउँछ र खोप लिने सही समय सङ्क्रमण अगाडि स्वस्थ अवस्थामा नै हो । नयाँ कोरोनाभाइरसको सङ्क्रमण भएको छ भने धेरै मानिसहरूमा यसको असर सामान्य हुन्छ । केही एन्टीभाइरल औषधिहरू परीक्षण भइरहेका छन् तर त्यो कहिले तयार हुन्छ भन्ने अहिल्यै भन्न सकिन्न ।

खोप कसरी बन्छ ?

खोपले थोरै सङ्ख्यामा भाइरसलाई हाम्रो शरीरमा पठाउँछ जसले हाम्रो शरीरले त्योसँग लड्न सिक्छ । र त्यसपछि कुनै बेला त्यो भाइरस हाम्रो शरीरमा आयो भने शरीरलाई त्योसँग कसरी जुध्ने भन्ने थाहा हुन्छ ।
खोपमा कमजोर बनाइएका भाइरसहरू प्रयोग गरिन्छ जसले शरीरमा पुरै सङ्क्रमण गर्न सक्दैनन् । तर नयाँ कोरोनाभाइरसको लागि खोप बनाउन वैज्ञानिकहरूले फरक विधि प्रयोग गरिरहेका छन् । यसको अनुवांशिक कोड थाहा भएको भएर वैज्ञानिकहरूले यो भाइरस ‘निर्माण’ गर्न सक्छन् ।

केही वैज्ञानिकहरूले कोरोनाभाइरसको कोडलाई अर्कै हानिरहित भाइरसमा हालेर परीक्षण गरिरहेका छन् । यदि यो विधि सफल भयो भने शरीरमा हानिरहित भाइरस पठाएर कोरोनाभाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न सकिन्छ ।

अन्य वैज्ञानिकहरूले भने यसको डीएनएलाई प्रयोग गरेर शरीरमा भाइरल प्रोटिन बनाउने र शरीरको प्रतिरोधी क्षमता विस्तार गर्ने विधिमा खोप विकास गर्न खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij