ई–आर्थिक, काठमाडौं । कृषि बिकास बैंकको सञ्चालक समितीको अध्यक्ष पदमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक निरौलालाई अर्थमन्त्रीस्तरीय निर्णयबाट अध्यक्ष बनाइएको हो ।
नवनियुक्त अध्यक्ष निरौला नेपाल राष्ट्र बैंकमा लामो समय कार्यकारी निर्देशकमा थिए। राष्ट्र बैंकबाट अवकाश पाएपछि कृषि विकास बैंकमा अध्यक्षमा नियुक्त भएका हुन्। उनीसँग विभिन्न बैंक तथा वित्तीय संस्थाको उच्च तहमा रही काम गरेको लामो अनुभव छ।
निरौलाले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नरबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । निरौलाले अर्थशास्त्र र जनप्रशासन विषयमा स्नातकोत्तर गरेका छन् । उनीसँग राष्ट्र बैंकमा सुपरीवेक्षण तथा नियमन विभागमा काम गरेको अनुभव छ ।