२०८३ साउन ९ शनिबार

जलविद्युत इतिहासमा पहिलो दुर्घटना बन्यो भैरवकुण्ड हाइड्रोपावर, ऋण तिर्न नसकेपछि लिलामीमा

ई आर्थिक    शुक्रबार, फाल्गुन ९ २०७६
8.9K
Shares
जलविद्युत इतिहासमा पहिलो दुर्घटना बन्यो भैरवकुण्ड हाइड्रोपावर, ऋण तिर्न नसकेपछि लिलामीमा

ई–आर्थिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण नतिरेपछि भैरवकुण्ड हाइड्रोपावर लिलामी हुने भएको छ । बैंकको ऋण तिर्न नसकेका कारण जलविद्युत आयोजना लिलामी हुन लागेको हो । यसरी हाइड्रोपावर कम्पनी नै लिलामीमा गएको नेपालको इतिहासमा सम्भवत पहिलो घटना हो । तीन मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना सिन्धुपाल्चोकको तातोपानीमा रहेको छ ।

उक्त हाइड्रोपावरमा सानिमा बैंकको अगुवाईमा बैंक अफ काठमाण्डू, एनएमबी, एनआइसी एसिया, ग्लोवल आइएमई बैंक र मञ्जुश्री फाइनान्सले सहवित्तियकरणमा ऋण लगानी गरेका छन् । आयोजनाले लामो समयदेखि ऋण नतिरेपछि बिहीबार सार्वजनिक सूचना जारी गर्दै लिलामी प्रक्रिया अघि बढाएका हुन् ।

यसअघि बैंकहरुले गत पुसमा कर्जा भुक्तानीका लागि ३५ दिने सूचना समेत प्रकाशित गरेका थिए । उक्त समयभित्र आयोजनाले ऋण नतिरेपछि धितो लिलाम प्रक्रिया अघि बढाएका हुन् । बैंकको ऋण तिर्न नसकेका कारण जलविद्युत आयोजना लिलामी हुन लागेको सम्भवत पहिलो हो ।

बैंकहरुले मालपोत कार्यालय सिन्धुपाल्चोकमा दर्ता रहेको तातोपानी गाविस वडा नं. ४ को कित्ता नं. १९२ र २०६ को क्रमश १०–५–३–० तथा ४–३–१–१ क्षेत्रफलको जग्गा तथा उक्त जग्गामा निर्मित ३ मेगावाट क्षमताको हाइड्रोपावर परियोजना र त्यसमा निर्मित घर, टहराका साथै जडान भएका प्लान्ट, मेशीनरी, उपकरण साथै सम्पूर्ण चल अचल सम्पत्ती र सोको लिगलगापात समेत लिलामी गर्न लागिएको हो ।

लिलामीमा भाग लिन चाहनेले सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट ५०० तिरि आवेदन फारम प्राप्त गर्न सक्नेछन् । लिलामी लिन चाहेन लगानीकर्ताले बोलकबोलको १० प्रतिशत रकम सानिमा बैंकको खाता नम्बरमा जम्मा गर्नुपर्ने र बाँकी रकम बोलपत्र स्वीकृति भएको १५ दिनभित्र बुझाउनुपर्नेछ । हाइड्रोपावरमा बैंक तथा वित्तीय संस्थाको करिब ४० करोड रुपैयाँ ऋण लगानी छ ।

हाइड्रोपावरका सञ्चालकहरुमा सुरेन्द्र भण्डारी, रामकाजी पौडेल, राजेश श्रेष्ठ, मनोरञ्जन शर्मा र पदमबहादुर श्रेष्ठ रहेका छन्। आयोजनाको ऋणका लागि २३ जना व्यक्तिगत र ६ वटा संस्थागत जमानिकर्ता छन्।

व्यक्तिगत जमानीकर्तामा अर्जुनबहादुर थापा, डोर बहादुर भण्डारी, साङ्बु शेर्पा, नरेश लाल श्रेष्ठ, ज्ञानेन्द्रप्रसाद मल्ली, सुरेश श्रेष्ठ, राजेश श्रेष्ठ, विष्णुबहादुर खत्री, अमृतकुमार खड्का कमलकुमार श्रेष्ठ, सीताराम बस्नेत, रामकाजी पौडेल, चन्द्रबहादुर शेर्पा, श्यामबहादुर श्रेष्ठ, केदारबहादुर थापा, बच्चु पौडेल, साङदोर्जे शेर्पा, अनिलभक्त श्रेष्ठ, सुधीरप्रसाद तिमिल्सिना, विष्णुबहादुर श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, शिवराम श्रेष्ठ र मुकुन्दप्रसाद तिमिल्सिना छन्।

संस्थागत जमानीकर्तामा पूल्चोकस्थीत श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका साथै सामना मल्टिपल इन्भेष्टमेन्ट, सुविधा शक्ति इन्भेष्टमेन्ट कम्पनी प्रालि, एमएनके ग्रुप प्रालि, मल्ली मर्चेन्ट एण्ड इन्भेष्टमेन्ट रहेका छन्। कमलपोखरीमा केन्द्रीय कार्यालय रहेको हाइड्रोपावर कम्पनी रजिष्ट्रारको कार्यालयमा २०५९ मंसिरमा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij