ई–आर्थिक, काठमाडौं । काठमाडौंको तीनकुनेमा रहेको सभ्य समाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापनाको १० औं बर्षमा प्रवेश गरेको छ । १० बर्ष प्रवेशको अवसर पारेर संस्थाले बृहत रक्तदान तथा मधुमेह चेकअप कार्यक्रमको आयोजना ग¥यो ।

लायन्स क्लब इन्टरनेशनल पर्ल सिटी काठमाडौंको सहकार्यमा संस्थाले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ५२ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । सो रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक, कर्मचारी, सेयरधनी र शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

त्यसैगरी संस्थाले आयोजना गरेको मधुमेह चेकअपमा सयौंले आफ्नो स्वास्थ्यको चेकजाँच गराएका थिए ।
यसअघि पनि थुप्रै सामाजिक कार्य गर्दै आएको संस्थाले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने संस्थाका अध्यक्ष कृष्णबहादुर बिष्टले जानकारी दिए ।

संस्थाले १० औं बर्षसम्म हरप्रकारले निरन्तर साथ सहयोग दिनुहुने सबैप्रति आभार व्यक्त गरेको छ । साथै सदस्यको हितमा केन्द्रीत रही आगामी दिनमा अझ् प्रतिफलमूखि र सरल सेवा प्रदान गर्ने संस्थाले प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
त्यसैगरी सोही दिन संस्थाले दैलेख जिल्ला नौमुले गा.वि.स. वडा नं. ०१ घर भएका १९ बर्षीय राजु शर्मालाई आर्थिक सहयोग समेत उपलब्ध गराएको छ । दुवै मिर्गौला फेल भई थप उपचारका निम्ति सहयोग पुगोस भन्ने हेतुले संस्था तथा संस्थाका सम्पूर्ण कर्मचारीहरुको तर्फबाट संकलन गरिएको नगद सहयोग रकम शर्मालाई हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष बिष्टले जानकारी दिए ।
