२०८३ साउन ९ शनिबार

काेराेना आतंकः जन्मेको ३० घण्टामै नवजात शिशुमा भेटियाे भाइरस

ई आर्थिक    बिहिबार, माघ २३ २०७६
11.1K
Shares
काेराेना आतंकः जन्मेको ३० घण्टामै नवजात शिशुमा भेटियाे भाइरस

ई–आर्थिक, काठमाडौं। चीनमा भर्खरै जन्मिएकाे शिशुमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएकाे छ । चीनको वुहानमा जन्मिएको ३० घण्टामै एक नवजात शिशुमा कोरोना भाइरसको संक्रमण भेटिएकाे हो।

आमाको गर्भमै या जन्मिएपछि शिशुमा कोरोनाको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ। तर तथ्य भने खुलेको छैन ।

उनी अहिलेसम्मकै कम उमेरका कोरोना सङ्क्रमित भएकाे बीबीसीले जनाएको छ । जन्मिएका बेला उनी तीन किलो २५ ग्रामका रहेका र अहिले स्वास्थ्य अवस्था स्थिर रहेको खबरमा उल्लेख छ । ती शिशुलाई अहिले डाक्टरको निगरानीमा राखिएको छ ।

गर्भमा रहेका बेलामा नै शिशु कोरोना सङ्क्रमित भएकाे अनुमान गरिएको छ । तर आमा कोरोना सङ्क्रमित भएकाले जन्मिएपछि आमाको नजिक हुँदा शिशुमा पनि सङ्क्रमण सरेको आशङ्का गरिएको छ । यसअघि दुई वर्षका बालकमा पनि कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको थियो ।

कोरोनाका कारण चीनमा अहिलेसम्म ५ सय ६३ जनाको ज्यान गैसकेको छ भने २८ हजार १८ जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij