२०८३ साउन ९ शनिबार

अमेरिकी राष्ट्रपति ट्रम्प महाअभियोगबाट जोगिए

ई आर्थिक    बिहिबार, माघ २३ २०७६
10.8K
Shares
अमेरिकी राष्ट्रपति ट्रम्प महाअभियोगबाट जोगिए

वासिङ्टन डिसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प आफूमाथि लागेको माहाअभियोगको प्रस्तावबाट मुक्त भएका छन्। अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा बुधवार अपरान्ह भएको मतदानमा ट्रम्पको पक्षमा बहुमत सदस्यहरुले मतदान गरेका थिए । उनको पक्षमा ५२ सिनेटरहरुले मतदान गरेभने बिपक्षमा ४८ सिनेटरहरुको मत परेको थियो ।

अमेरिकाको पछिल्लो राजनीतिक अवस्था निकै बिभाजित र बिबादित बन्दै आएको छ । माहाअभियोग सम्बन्धी प्रस्तावको मतदानमा राष्ट्रपति ट्रम्पले नेत्तृत्व गरेको रिपब्लिकन पार्टी उनको पक्षमा एकजुट भने हुन सकेन ।

राष्ट्रपति पद्का पुर्व उम्मेद्ववार रिपब्लिकन पार्टीका प्रभाबशाली नेता मिट रामनीले राष्ट्रपति ट्रम्पलाई माहाअभियोग लगाउनु पर्ने पक्षमा मतदान गरेका थिए । मतदानका क्रममा उनले आफ्नो देश र भगवान समक्ष खाएको सपथको इज्जत गरेको बताउदै राष्ट्रपति ट्रम्पलाई पदवाट हटाउनुपर्ने भनाइ राखेका थिए ।

राष्ट्रपति पदको दुरुपयोग गरेको र अमेरिकी जनप्रतिनिधिहरुको संस्था हाउस अफ रेप्रिजेन्टेटिभलाई असहयोग गरेको आरोपमा छुटाछुटै मतदान भएको थियो । यो मतदान पर्टीलाइन अनुसारकै मत खसेकाले राष्ट्रपति ट्रम्प जोखिम्पूर्ण माहाअभियोगबाट बच्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij