२०८३ साउन १२ मंगलबार

बायु सेवा कम्पनीमा तीन जहाज अनिबार्य गर्ने सरकारको योजना

ई आर्थिक    सोमबार, माघ २० २०७६
7.5K
Shares
बायु सेवा कम्पनीमा तीन जहाज अनिबार्य गर्ने सरकारको योजना

ई–आर्थिक, काठमाडौं । सरकारले बायु सेवा कम्पनी सन्चालन गर्न कम्तीमा तीनओटा जहाज अनिबार्य हुनुपर्ने ब्यबस्था गर्न लागेको छ । बायु सेवा कम्पनीहरुलाई ब्यबस्थित गर्न र अस्वस्थ्य प्रतिश्पर्धा हुनबाट रोक्न यो ब्यबस्था गर्न लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार सार्बजनिक गरेको राष्ट्रिय हवाई नीति २०७६ को प्रारम्भिक मस्यौदामा यो कुरा उल्लेख गरेको छ । यो मस्यौदा पारित भएमा कम्तीमा तीन थान बायुयान नहुने कम्पनीले बायुसेवाा सन्चालनको इजाजत पाउने छैनन् । यो ब्यबस्था नियमित वा चार्टर्ड उडान संचालनका लागि स्थापित आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी दुबैमा लागू हुनेछ ।

मस्यौदामा सुगममा मात्र उडान गरी नाफा कमाउन प्रतिश्पर्धा गर्ने आन्तरिक हवाई कम्पनीहरुलाई नियन्त्रणको ब्यबस्था गरिएको छ । जहाँ बढी माग र त्यही सेवा आपूर्ति हुने गरी मात्र जहाज थप्न सकिने नीति बनाउन खोजिएको छ । यसले व्यस्त विमानस्थलको चाप कम गर्दै दूर्गममा हवाई सेवा सहज बनाउने प्रयास गरेको छ । अब बन्ने हवाई नीतिले हवाई कम्पनीको पुँजीमा पनि जोड दिएको छ । अन्तर्राष्ट्रिय इजाजत पाउने कम्पनीले लाइसेन्स लिन ५० करोड चुक्ता पूँजी र उडान अनुमति लिन २ अर्ब रुपैयाँ संचालन पूँजी हुनुपर्ने प्रावधान प्रस्ताव गरिएको छ । आन्तरिक वायुसेवा कम्पनीले लाइसेन्स लिँदा चुक्ता पूँजी २५ करोड र उडान अनुमति (एओसी) प्राप्त गर्दा ५० करोड रुपैयाँ सञ्चालन पूँजी हुनुपर्ने प्रस्ताब गरिएकोे छ ।

पुँजी जुटाउन वायुसेवा कम्पनी एक आपसमा गाभिन र प्राप्ति (मर्जर र एक्वीजिसन)मा जान सक्ने प्रस्ताब पनि गरिएको छ । त्यसका लागि सरकारले प्रोत्साहन समेत गर्ने भएको छ । अस्वस्थ प्रतिस्पर्धाबाट वायुसेवा संस्थालाई बचाउन र क्षमता तथा पूँजी लगानीको आधारमा दीगो सञ्चालन सुनिश्चित गर्न यस्तो प्रस्ताब गरिएको मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा १९ वटा वायुसेवा कम्पनीले आन्तरिकतर्फ उडान गरिरहेका छन् । त्यसमध्ये १० वटा हेलिकोप्टर हुन् । अन्तराष्ट्रियतर्फ तीन कम्पनीले (नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयर)ले उडान गर्छन् । नेपाल एयरलाइन्स र बुद्धले भने आन्तरिकमा समेत उडान गर्छन् । सञ्चालनमा रहेका धेरै कम्पनी नाफामा छैनन् । विगतमा पनि वायुसेवा कम्पनी खुल्ने र बन्द हुने क्रम अधिक रहेको छ ।

प्रस्ताबित नीतिमा नेपालमा ५ प्रकारका विमानस्थल रहने भनिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल, क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, आन्तरिक हव विमानस्थल, सर्ट टेक अफ एन्ड ल्याण्डिङ (स्टोल) विमानस्थल र हेलिपोर्टरहेलिप्याड गरी ५ वर्गमा विमानस्थलहरु वर्गीकरणमा गर्न प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij