ई–आर्थिक, काठमाडौं । सामाजिक सञ्जालमा विज्ञापन बढेपछि यसलाई सरकारले केही कडाई गर्ने भएको छ । कडाईका साथै कारबाहीको दायरामा ल्याइने भएको छ । राष्ट्र बैंकले शुक्रबार एक सूचना प्रकाशित गर्दै सामाजिक सञ्जालमा विज्ञापन गरे वैदेशिक मुद्रा अपचल कुसरमा कारबाही हुने चेतावनी दिएको छ ।
सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर र युट्युबमा विज्ञापन गर्दा अनौपचारिक रुपम मुद्रा बाहिरिएको भन्दै राष्ट्र बैंकले विदेशी विनिमय ऐनअनुसार कारबाही हुने बताएको छ । राष्ट्र बैंक यो सूचनाअनुसार अब फेसबुकमा बुस्ट गर्न पाइने छैन । यस्तै फेसबुक, गुगल र युट्युबमार्फत पनि विज्ञापन गर्न पाइने छैन ।
राष्ट्र बैंकको यो सूचनाले डिजिटल माध्यमको बजार प्रबद्र्धनलाई प्रभावित हुने अनुमान लगाइएको छ ।