२०८३ साउन ११ सोमबार

उपसभामुख शिवमाया तुम्बाहाम्फेद्वारा राजीनामा

ई आर्थिक    सोमबार, माघ ६ २०७६
4.1K
Shares
उपसभामुख शिवमाया तुम्बाहाम्फेद्वारा राजीनामा

ई–आर्थिक, काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन्। आइतबार बसेको नेकपा सचिवालय बैठकले सभामुखमा अग्नि सापकोटाको नाम अनुमोदन गरेपछि उपसभामुखले राजीनामा दिएकी हुन्।

तुम्बाहाङ्फेले सभामुखलाई सम्वोधन गरेर राजीनामा संसद सचिवालयमा दर्ता गराएकी थिइन्। त्यसपछि सोमबार बसेको पहिलो संसद बैठकको अध्यक्षता गर्दै उपसभामुखले आफूले राजीनामा दिएको घोषणा गरेकी हुन्।

बैठकको अध्यक्षता गर्दै उपसभामुख तुम्बाहाम्फेले आफूले सभामुख पनि नभएको अवस्थामा उपसभामुख पदबाटसमेत राजीनामा दिँदा गलत सन्देश जाने भन्दै आफूले सभामुखको उम्मेद्वार टुंगो लागेपछि राजीनामा दिएको बताइन्।

यसअघि आफूलाई नै सभामुख नबनाएसम्म राजीनामा नदिने अडानमा रहेकी उपसभामुखसँग आइतबार प्रधानमन्त्री ओलीले छलफल गरेका थिए। प्रधानमन्त्रीले राजीनामा दिएर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

संवैधानिक प्रावधान अनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको हुनु पर्छ। नेकपाले सभामुख आफूसँग राख्न उपसभामुखले राजीनामा दिनुपर्ने बाध्यात्मक अवस्थामा उपसभामुखले राजीनामा दिएकी हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij