ई–आर्थिक, काठमाडौँ। काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ । सोलुखुम्बुको फाप्लुबाट आएको विमान विमानस्थलमा अवतरणका क्रममा टायर पन्चर भएको हो ।
नेपाल एयरलाइन्सको नाइनएन एबीयू कलसाइनको ट्वीन अटर विमान विहान ८ बजेर ३४ मिनेटमा अवतरण गरेको थियो । अवतरण गर्ने क्रममा टायर पन्चर भए पनि कुनै मानवीय क्षति भने नभएको विमानस्थलका एक अधिकारीले बताए । विमानमा भएका सबै यात्रुहरु सकुशल छन् ।