२०८३ साउन ९ शनिबार

नवरपरासीको फलामखानीबाट फलाम उत्खनन् हुँदै, दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको काम सुरू

ई आर्थिक    सोमबार, पौस २८ २०७६
5.5K
Shares
नवरपरासीको फलामखानीबाट फलाम उत्खनन् हुँदै, दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको काम सुरू

ई–आर्थिक, काठमाडौं नवलपरासीको धौवादीमा भेटिएको फलामखानिबाट चाडै फलाम उत्खनन गरिने भएको । उक्त उत्खननको कार्यको तयारी अन्तिम चरणमा पुगेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयको उद्योग विभागका सचिव यामकुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी पनि तयार भइसकेको बताइन् । फलामको उत्खनन र प्रशोधनका लागि कम्पनी कडा गरिएको उनले बताइन् ।

‘गुणस्तर सम्बन्धि विषयको सफल परीक्षण भइसकेको छ। डिपोजिट पर्याप्त मात्रामा छ भन्ने पनि आइसकेको र नमुना परीक्षण पनि सफलताका साथ सम्पन्न भइसकेको छ । अहिले औद्योगिक परीक्षण चीनमा भइरहेको छ । उत्खनन र प्रशोधनका लागि कम्पनी खाडा गरी सञ्चालनको मोडालिटीमा पनि तयार भएको छ’, सचिब खतिवडाले भनिन् ।

उनका अनुसार दैलेखमा भेटिएको पेट्रोलिय पदार्थको अन्वेषणका लागि चीनसँग सम्झौता भइ काम सुरु भइसकेको छ । ४ महिनाभित्रमा ड्रिलिङको काम सकिएर कति मात्रामा पेट्रोलियम पदार्थ निकाल्न मिल्छ भनेर व्यवसायीक रुपमा थाहा हुने सचिव खतिवडाले जानकारी दिइन् । दैलेखमा मात्रै नभएर खानी उत्खननको काम अहिले सुर्खेत र तानसेनमा पनि भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij