२०८३ साउन ९ शनिबार

अन्ततः एनसेलले पूँजीगत लाभकर बुझाउन थाल्यो, पहिलो किस्तामा बुझायो साढे ४ अर्ब

ई आर्थिक    मंगलबार, पौस १५ २०७६
5.8K
Shares
अन्ततः एनसेलले पूँजीगत लाभकर बुझाउन थाल्यो, पहिलो किस्तामा बुझायो साढे ४ अर्ब

ई–आर्थिक, काठमाडौं । एनसेल आफूले तिर्नुपर्ने पूँजीगत लाभकर किस्ताबन्दीमा बुझाउने भएको छ । दूरसञ्चार सेवाप्रदायक उक्त कम्पनीले पहिलो किस्तामा ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।

ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरेको थियो । उक्त रकम बुझाउन १५ दिनभित्र बुझाउन पत्रकाटेपछि कम्पनीले यो पहिलो रकम बुझाएको हो ।

उक्त रकम बुझाउन कर कार्यालयले २२ मंसिरमा पत्राचार गरेको थियो । कर कार्यालयले कर नतिरे कर कानुन अनुसार कारवाही हुने चेतावनीपूर्ण पत्र काटेको थियो ।
एनसेलले पहिलो किस्ता तिर्दै आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गरेको छ । पहिलो किस्ता ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको समाचार स्रोतले जानकारी दिएको छ ।

किस्ताबन्दीमा कर तिर्ने एनसेलको प्रस्तावबारे ठूला करदाताको कार्यालयले भने कुनै निर्णय गर्न सकेको छैन । स्रोतका अनुसार यसलाई सरकारका माथिल्लो तहका व्यक्तिहरुसँगको सल्लाह बमोजिम गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij