२०८३ साउन ९ शनिबार

पेफाको सुत्रले काम नगर्दा सबै स्थानीय सरकारको डाटा नष्ट

ई आर्थिक    शुक्रबार, पौस ११ २०७६
14.1K
Shares
पेफाको सुत्रले काम नगर्दा सबै स्थानीय सरकारको डाटा नष्ट

ई–आर्थिक, काठमाडौ । सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) ले गत आर्थिक बर्षबाट स्थानीय तथा प्रदेश सरकारको सञ्चित कोष व्यवस्थापन गर्न सुरु गरेको सर्बर सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन (सूत्र) ले एक महिनादेखि काम गरेको छैन । सुत्र सर्बर समस्या आएपछि देशभरकै स्थानीय तहको लेखाप्रणाली प्रभाबित बनेको छ । सुत्रमा समस्या आउँदा देशभरका ७ सय ५३ वटै स्थानीय तहका अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएको बताइएको छ । सुत्र महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको छ ।

महालेखा नियन्त्रकको कार्यालयले यसबारेमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्र लेखेर जानकारी गराइसकेको छ । ह्याक भयो भन्ने सुन्नमा आएकाले त्यसको अनुसन्धान गर्न सीआईबीलाई भनिएको हो । सुत्र सञ्चालन गर्न प्राविधिक टोली पनि परिचालन गरिएको छ ।

सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले मलेनिकाबाट चिठी आएपछि सुत्र ह्याकबारे अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

यो प्रणाली अनलाइन प्रविधिमा आधारित छ । त्यसैले यसको सन्चालनका लागि इन्टरनेट सुविधा चाहिन्छ । स्थानीय तथा प्रदेश सरकारलाई पेफाले ‘युजर नेम’ र ‘पासवर्ड’ उपलब्ध गराउँछ । यसरी पहुँच स्थापित भएपछि एउटै प्रणालीमा आधारित भई बजेट निर्माण, लेखा व्यवस्थापन र प्रतिवेदन निर्माण गर्ने गरिन्छ । सुत्र एप्लिकेशनको सहयोगले प्रदेश तथा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको कार्यान्वयन गरी सञ्चित कोष सञ्चालन, व्यवस्थापन र प्रतिवेदन प्रणालीमा एकरूपता कायम गरिन्छ । स्थानीय तहले यो सिस्टमा आबद्ध हुन ७ लाखदेखि ४० लाखसम्म खर्च गरेका छन् ।

महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा निरीक्षक निरज केसीका अनुसार बिहीबार रातिबाट सर्भर ह्याक भएको छ । तर केही स्थानीय तहले भने मंसिर दोस्रो सातादेखि बिग्रिएको जानकारी दिएका छन् ।

२०७६ वैशाख २३ गते मन्त्रिपरिषद् बैठकले सबै स्थानीय तहमा सुत्र लागू गने निर्णय गरेका थियो । ‘सुत्र’ ले काम नगरेको जानकारी सबै स्थानीय तह र प्रदेश सरकारलाई गराइसकेको उनले बताए । अनुगमन संयन्त्र नहुँदा सिस्टम प्रभावित भएको हुन सक्ने पनि आशंका गरिएको छ । ‘सूत्र’ ह्याक हुँदा ललितपुर महानगरपालिका कार्यालयको लेखाको काम रोकिएको लेखापाल लक्ष्मी शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij